नेपाल इन्टरनेट सेवा प्रदायक संघ (ISPAN) ले जारी गरेको प्रेस विज्ञप्तिबारे तपाईंको धारणा के छ?

ISPAN का अनुसार, इन्टरनेट शुल्क बढाउने प्रक्रिया अघि बढाइएको छ। तर कति रुपैयाँ वा कति प्रतिशत बढ्ने भन्ने विज्ञप्तिमा उल्लेख गरिएको छैन। यस विषयमा तपाईं के भन्नुहुन्छ?

विज्ञप्तिका मुख्य बुँदाहरू:

* बाढीपहिरोबाट क्षति पुगेका इन्टरनेट पूर्वाधार मर्मत गरी सेवा सञ्चालन भइरहेको छ।

* कर्मचारीको तलब, इन्धन, अप्टिकल फाइबर, इलेक्ट्रोनिक उपकरण र चिपसेटको मूल्य बढेकाले सेवा सञ्चालन खर्च पनि बढेको छ।

* इन्टरनेट शुल्क समायोजनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिइएको छ। स्वीकृति पाएपछि नयाँ शुल्क लागू हुनेछ।

* स्वीकृत शुल्क सम्बन्धित सेवा प्रदायकको वेबसाइटमा राखिनेछ।

* ग्राहकहरूलाई अनिवार्य रूपमा भ्याट बिल लिन अनुरोध गरिएको छ।